
तिम्रो मनमा डेरा जमाएर बस्ने मै हुँ ।
यो दुनियाँमा माया कमाएर बस्ने मै हुँ ।
तिम्रो मनमा डेरा जमाएर बस्ने मै हुँ ।
यो दुनियाँमा माया कमाएर बस्ने मै हुँ ।
धेरैले रूपलाई हेरे, मैले व्यवहारलाई हेरेँ
सबै भन्छन् रूप र व्यवहार एकै हुँदै होइन
समयमै मायाको फोटो छपाएर बस्ने मै हुँ
तिम्रो मनमा डेरा जमाएर बस्ने मै हुँ ।
यो दुनियाँमा माया कमाएर बस्ने मै हुँ ।
मनभित्र र बाहिर देखाउने माया भिन्न रहेछ
मन्दिरमा र मनमा बस्ने भगवान् भिन्न रहेछ
जताततै सबैसँग रमाएर बस्ने मै हुँ ।
तिम्रो मनमा डेरा जमाएर बस्ने मै हुँ ।
यो दुनियाँमा माया कमाएर बस्ने मै हुँ ।