
पर्सा : दिव्य बचत तथा ऋण सहकारी संस्थाले २८ औं वार्षिक सधारण सभा सम्पन्न गरेको छ ।
कालिकामाई गाउँपालिका–५ बिरन्चीबर्वामा रहेको संस्थाले वार्षिक सधारण सभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट ९ करोड ५२ लाख ८४ हजार २ सय ७३ रुपैयाको आय व्यय प्रस्तुत गरेको थियो । यस्तै संस्थाका लेखा प्रशासकिय अधिकृत बृजकिसोर चौहानले २०८२/०८३ चालु आर्थिक बजेट १५ करोड ५६ लाख ७० हजार बराबरको बार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।
वार्षिक सधारण सभामा संस्थाका अध्यक्ष उमेश चौहानले संस्थाले बिना धितो लगानी गरेर कृषि, भैंसी पालन,बाख्रापालन,तथा व्यापार लगायतका क्षेत्रमा लगानी गरेर रोजगार सृजना गरेको बताए । उनले संस्थाले स्थानीयलाई साक्षर बनाएर सहुलियत दरमा ऋण दिएर आत्मनिर्भर बनाउनुको साथै संस्थाको आम्दानीबाट स्वास्थ्य, शिक्षा, कृषि सडक लगायत मठमन्दिरमा लगानी भइरहेको उल्लेख गरे ।
अध्यक्ष चौहानले युवाहरुलाई सहुलियत दरमा ऋण प्रदान गरिरहेको त्यसमा पनि महिलालाई विशेष प्राथमिकतामा राखिएको बताए । संस्थाले मोबाइल बैंकिङ सेवा पनि संचालनमा ल्याएको छ । घरैबाट सेवा लिने र मुडलीमा शाखा पनि छिटै संचालनमा आउने अध्यक्ष चौहानको जानकारी दिए । ऋण लिएर समयमै ऋण चुक्ता गर्ने सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।