२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

भन्सार छलीका सामान बुझाइयो

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन १५ गते २१:३०
भन्सार छलीका सामान बुझाइयो

रौतहट : रौतहटको विभिन्न नाकाबाट राजस्व छली भित्र्याइएको सामानहरु बरामद गरी प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो विभिन्न मितिमा राजस्व छलेर नेपाल भित्र्याइएका ९ लाख १७ हजार भन्दा बढीको सामानहरु बरामद गरेको जनाएको छ ।

भन्सार छलेर भारतीय बजारबाट नेपाल भित्र्याइएका लत्ताकपडा, किराना सामग्री, स्रोत खुल्न नसकेको नोट, सौफी मदिरासहित बाइक गरेर ९ लाख १७ हजार ८ सय ४५ रुपैयाँ मूल्य बराबरको मालसामानहरु नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

ADV

सम्बन्धित खबर

Advertise