२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

१८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८१ साउन १६ गते ११:१२
Shares
१८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौंः बुधबार सुनको मूल्य १८ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला रु. एक लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८ सय रुपैयाँले बढेर प्रतितोला रु. एक लाख ४७ हजार आठ सय रुपैयाँ कायम भएको छ । 

ncell

आज तेजाबी सुनको मूल्य पनि आज तोलामा १८ सय रुपैयाँले नै बढेर प्रतितोला रु. एक लाख ४७ हजार तीन सय रुपैयाँ पुगेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलमा ४० रुपैयाँले बढ्दै प्रतितोला रु. एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

सम्बन्धित खबर