काठमाडौंः प्रहरीले सात किलो खैरो हिरोइनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीया जाम्बियन नागरिक कापुतुला अबिशर्ग र ३५ वर्षीय भारतीय नागरिक लालनुनपुई रहेका नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । ब्युरोले आइतबार पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।
दक्षिण अफ्रिकाबाट जोनेसवर्ग–कतार हुँदै काठमाडौं आएकी जिम्बाबेइन नागरिक अबिसर्गको साथबाट ७ किलो खैरो हेरोइन बरामद भएको हो । प्रहरीले उनको साथमा रहेको सुटकेश खानतलासी गर्दा फल्स बटम बनाएर लुकाएको अवस्थामा खैरो हेरोइन बरामद गरेको थियो ।
ब्यूरोका निमित्त प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार बरामद खैरो हेरोइनको अन्दाजी मूल्य १४ करोड रुपैयाँ छ । उनलाई पछ्याउँदै गएका ब्यूरोका अधिकृतहरुले लागुऔषध लिन गएकी भारतीय नागरिक लालनुपीलाई पनि पक्राउ गरेको श्रेष्ठले बताए । उनका अनुसार पक्राउ परेका दुवैजनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies