२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

पोर्चुगलको पोर्तो क्षेत्रमा कन्सुलर सेवा

Nada
भरत प्रधान
२०८२ माघ १५ गते २१:५१
Shares
पोर्चुगलको पोर्तो क्षेत्रमा कन्सुलर सेवा

लिस्बन : पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासले पोर्तो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ । 

ncell

दूतावासले पोर्तोको भिला नोभा दि गइयामा दुईदिने घुम्ती शिविर आयोजना गरेर सो क्षेत्रमा रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको हो ।

घुम्ती शिविरबाट ५० जना नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि जैविक विवरणसहितको आवेदन संकलन गरिएको दूतावासले जनाएको छ । शिविरबाट आठ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरण, १३ जनाको अन्य कागजात प्रमाणीकरण, ५० जनाको राहदानी आवेदन, १५ जनाको राहदानी वितरणलगायत अन्य सेवा गरी झन्डै एक सय जना नेपालीले सेवा लिएको दूतावासका नियोग उपप्रमुख शत्रुध्वनप्रसाद शर्मा पोखरेलले जानकारी दिए । 

पोखरेलका अनुसार शिविरबाट ७ हजार २ सय ८५ युरो अर्थात् झन्डै १२ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका पोर्तोवासी नेपालीको सहजताका लागि सोही स्थानमै पुगेर घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको उनले बताए । शिविरमा आएका सेवाग्राहीले पोर्तोमै दूतावासको सेवा पाउँदा सहज भएको भन्दै खुसी व्यक्त गरेको पोखरेलले बताए । 

शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन संकलन गरिएको थियो । 

यसअघि दूतावासले पोर्चुगलको फारो र मदेइरामा घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई सेवा प्रदान गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर