२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

श्री पञ्चमहालक्ष्मी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर

shivam cement
मुना न्यौपाने
२०८२ माघ १७ गते २२:१९
Shares
श्री पञ्चमहालक्ष्मी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं : शंकरापुर नगरपालिका वडा नं. ५ इटाखेलस्थित श्री नेपालआमा प्रतिमा परिसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्वस्तिक अस्पताल, सातदोबाटोको आधुुनिक चिकित्सा पद्धति, ओम कायकल्प वेलनेस सेन्टर, न्यूलाइफ आयुर्वेद प्रा.लि. गोंगबुले प्राकृतिक चिकित्सा पद्धति सेवातर्फ, महिला वातावरण समूह, सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र, साँखु, ईटाखेल टोल विकास समितिले सहयोग गरेका थिए ।

एलोपेथी चिकित्सा र प्राकृतिक चिकित्सा, मनोचिकित्सा लगायतका सेवाहरु प्रदान गरिएका थिए । शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गर्नुका साथै ब्लड प्रेसर जाँच र जनरल चेकअप गर्नुका साथै आवश्यक औषधि समेत वितरण गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं मनोपरामर्श सेवा समेत प्रदान गरिएको थियो ।

स्वस्तिक अस्पताल, सातदोबाटोका प्रबन्ध निर्देशक लक्ष्मीनारायण सुवालसहित ९ नौजना प्राविधिक डक्टरहरुको टोलीले एलोपेथी उपचार प्रदान गरेका थिए । कायाकल्प वेलनेस सेन्टर, सुकेधाराका अध्यक्ष शैलेन्द्र शर्मा, उपाध्यक्ष डा.आइन्टाइन लघुन, मनोविश्लेषण केन्द्र, तीनकुनेका मनोविद् बासु आचार्य, प्राकृतिक स्वास्थ्य सचेतना अभियानका अध्यक्ष लेखनाथ आचार्य, सामुदायिक सेवा समाजका कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिना, गौरीघाट सुधार समितिका कार्य समिति सदस्य कृष्णचन्द्र श्रेष्ठ, सामुदायिक सेवा केन्द्र चावहिलका कार्यसमिति सदस्य गीता मानन्धरको उपस्थिति रहेको थियो ।  

उक्त शिविर कार्यक्रमको संयोजन रेणु खरेलले गर्नुभएको थियो । कार्यक्रम समापनमा स्वास्थ्य शिविरमा सहयोग पुर्‍याएका सबैलाई धन्यवाद प्रकट गर्दै शश्रीपञ्चमहालक्ष्मी मन्दिर श्रीपीठका उत्तराधिकारी स्वामी श्रीवासुदेव प्रपन्नाचार्य, श्रीमुक्तिनाथ संस्कृत गुरुकुलम् वेदपाठशालाका श्रीदामोदर गुरुले सबैलाई विदाइ गरेका थिए । उक्त स्थानमा निर्माणाधीन श्रीमुक्तिनाथ बाबा अस्पताल (स्वास्थ्य सेवाश्रम) रहेको छ । 

सम्बन्धित खबर