२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पर्यटन क्षेत्रको अनावश्यक कर हटाइने छ : पर्यटनमन्त्री तामाङ

Nada
२०८१ जेठ २५ गते १३:३२
Shares
पर्यटन क्षेत्रको अनावश्यक कर हटाइने छ : पर्यटनमन्त्री तामाङ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागिपरेको र सम्बोधन हुने बताएका छन् । 

ncell

आज नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा)को ५७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपालमा अधिकतम विदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधारमा सुधारसहित नयाँ योजना अघि बढाइएको बताए । 

'हाम्रो हवाई तथा भू-यातायात सहज छैन पर्यटकहरुका लागि, त्यसैले यो पूर्वाधार सुधार गर्नेतिर सरकारले सोचिरहेको छ । साथै जनकपुर, पशुपति, लुम्बिनीजस्ता स्थलहरुलाई भारत, चीनलगायतका मुलुकका पर्यटकलाई भित्र्याउने र हाम्रो सेवालाई पनि गुणस्तरीय बनाउने र पर्यटकको बसाइ लम्ब्याउने हिसाबले पनि सोच्नुपर्छ,' मन्त्री तामाङले भने ।

उनले अन्य देशमा जसरी नेपालमा पर्यटक आगमन हुन नसकेको बताउँदै यसको समीक्षा गरेर सबै पक्ष मिलेर विश्व पर्यटन बजारमा नयाँ गन्तव्यको खोजी र नयाँ पर्यटकीय उपजसहित प्रवर्द्धनमा जुट्नुपर्ने बताए ।

विगतमा विभिन्न कमी भएको र गर्नुपर्ने जति यो क्षेत्रमा काम हुन नसकेको स्वीकार गर्दै उनले अब नीतिगतरुपमा सुधार गर्ने, पूर्वाधार सुधार गर्ने, नयाँ गन्तव्यको खोजी गर्दै आगामी वर्षहरुमा बाटो तयार गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

ताजा खबर

सम्बन्धित खबर