२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मिडिया अलाइन्सको मागबारे अर्थमन्त्रीको चासो

ADV
मध्यान्ह
२०८१ साउन १६ गते २१:२४
मिडिया अलाइन्सको मागबारे अर्थमन्त्रीको चासो

काठमाडौं : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले मूलधारका सञ्चारमाध्यमलाई कमजोर हुन नदिने बताएका छन् । मूलधारका मिडिया सञ्चालकको संस्था मिडिया अलाइन्स नेपालका प्रतिनिधिसँग बुधबार भएको छलफलमा उपप्रधानमन्त्री पौडेलले सरकार र मिडिया हाउस एक अर्काका परिपूरक भएको बताउँदै मिडिया हाउसमा देखिएको समस्या समाधान गर्ने बताए । 

‘मिडियाको समस्याबारे सरकार बेखबर छैन, सरकारले मिडिया र मिडिया हाउसलाई  कमजोर हुन दिँदैन’, उनले भने । नेपाली लोकतन्त्रको लागि मिडियाको योगदान रहेको भन्दै मिडिया हाउसको समस्या सामाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । ‘राजनीतिक दल र मिडिया, सरकार र मिडियाबीचको सम्बन्धलाई हामीले जीवन्त र घनिष्ठ बनाएर लैजाऔं, सरकारकारप्रति आलोचनाको हकलाई भने कुनै हिसाबले कमजोर हुनु हुँदैन, रचनात्मक र सकारात्मक आलोचना सरकारले स्वागत गर्नेछ’, उनले भने । 

पौडेलले देशको अर्थतन्त्रलाई शिथिलताको अवस्थाबाट गतिशील, चलायमान बनाउनुपर्ने, उत्पादन, रोजगारी वृद्धि र उत्पादनका हरेक क्षेत्रको आत्मविश्वास र मनोबल उठाउनुपर्ने अवस्था रहेको बताए । उत्पादन वृद्धिसँगै राजस्व, पुँजीगत खर्च गर्ने सामर्थ्य वृद्धि, व्यापार असन्तुलनलाई अन्त्य गर्ने कुरामा ध्यान दिने बताए । उनले गतिशील र सबल अर्थतन्त्र निर्माण गर्न भने चुनौती रहेको बताए । मिडिया अलाइन्स नेपालले आम सञ्चार माध्यममा देखिएका समस्या समाधानको माग गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको छ । 

मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारसहितको टोलीले आम सञ्चार माध्यममा देखिएका समस्या समाधान गर्नका लागि राहत र कर छुटमा जोड दिएका छन् । अलाइन्सले ज्ञापन पत्रमार्फत् आम सञ्चार माध्यमलाई दिइने विज्ञापनमा रकमको सीमा नलाग्ने व्यवस्था गरिदिन, मदिराजन्य पदार्थको विज्ञापनमा लगाईको रोक खुला गर्नुपर्ने, सम्पूर्ण विज्ञापनहरु बिज्ञापन बोर्डमार्फत् नगर्न, लोककल्याणकारी विज्ञापनमा समय अनुसार वृद्धि गर्न, सञ्चारमाध्यमलाई तीन प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलव्ध गराइदिन माग गरेको छ । न्युज प्रिन्टका लागि चाहिने कागजमा लाग्दै आएको एक प्रतिशत भन्सार छुट हुनुपर्ने माग समेत अलाइन्सले अर्थमन्त्री समक्ष राखेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise