
झापाः झापामा २७ वर्षीया महिला बलात्कृत भएकी छन् । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराह्रक्षेत्र नगरपालिका–७ बस्ने ६४ वर्षीय प्रमानन्द पौडेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पौडेलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।