२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

किरण आचार्यको 'शैलसुते' लोकार्पण

shivam cement
२०८२ फागुन ३ गते १८:१४
Shares
किरण आचार्यको 'शैलसुते' लोकार्पण

काठमाडौं : साहित्यकार किरण आचार्यद्वारा लिखित पौराणिक आख्यान 'शैलसुते' लोकार्पण गरिएको छ । शिखा बुक्सद्वारा आयोजित लोकार्पण कार्यक्रममा लेखक आचार्य स्वयं, प्रकाशक पुष्पराज पौडेल, पत्रकार तथा आलोचक राजकुमार बानियाँ, पत्रकार र लेखक कमल रिजाल र पठन संस्कृतिका अभियन्ता तारा रेग्मी उपस्थित थिए ।

समारोहका क्रममा तारा रेग्मीले उपन्यासको समीक्षा गर्दै यसको विशिष्टता र मौलिकताको प्रशंसा गरिन् । उनले भनिन्, “शिक्षकहरूले एउटै उपन्यासमा पढ्न पाउनु, र खोज–अनुसन्धानको आधारमा लेखिएको ‘शैलसुते’ जस्ता कृतिहरूले पाठकलाई नयाँ दृष्टिकोण दिन्छ । धर्म परिवर्तन नहुने कथा, इन्द्रराजाले सोमरस बनाउनेलाई वैज्ञानिक थुनामा राखेर पिडा दिने दृश्य जस्ता घटनाहरूले यो उपन्यास अझै रोचक र प्रभावशाली बनेको छ ।”

राजकुमार बानियाँले 'शैलसुते'लाई दुर्लभ र मौलिक साहित्यको उदाहरण भन्दै नेपाल मात्र नभएर भारतमा पनि माता पार्वती सम्बन्धी यति समग्र कथानक भेट्न कठिन भएको बताए । उनले उपन्यासलाई ‘व्यालिसक उपन्यास’ भन्न सकिने र यसमा त्यस प्रकारका सबै गुण देखिने पनि उल्लेख गरे ।

पत्रकार कमल रिजाल ले पौराणिक आख्यान लेखनका लागि लामो समयको तपस्या र समर्पण आवश्यक भएको उल्लेख गर्दै उपन्यासमा प्रस्तुत पौराणिक नारी पात्रहरूले आफूलाई निकै प्रभावित गरेको बताए । उनले भने, “कथानकले पाठकलाई सुरु देखि अन्तिमसम्म निरन्तर तान्छ र अन्त्यसम्म ‘के होला?’ भन्ने कौतुहलता कायम राख्छ ।”

लेखक किरण आचार्यले आफ्नो प्रयासको बारेमा जानकारी दिँदै पाठक र समीक्षकहरूलाई सुझाव तथा सल्लाह दिन अनुरोध गरे ।

'शैलसुते' उपन्यासमा जत्कारु, परशुराम, अहिल्या जस्ता पौराणिक पात्रहरू समावेश छन् । यो उपन्यास शिखा बुक्सद्वारा प्रकाशित गरिएको छ भने यसको मूल्य ७९५ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित खबर