
काभ्रेः भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पनौती नगरपालिका–६ गणेशथान बस्ने ४६ वर्षीया सुनिता श्रेष्ठलाई भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।