२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

स्रोत नखुलेको नगदसहित पक्राउ

shivam cement
२०८२ फागुन ८ गते १३:५४
Shares
स्रोत नखुलेको नगदसहित पक्राउ

महोत्तरीः स्रोत नखुलेको नगदसहित मनरा शिसवा नगरपालिका–३ सोनौल बजारबाट एक जना पक्राउ परेका छन् । नगद ११ लाख ५१ हजार ३ सय रूपैयाँसहित सम्सी गाउँपालिका–७ बस्ने गौतम साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरीले पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र.०२–००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित खबर