२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

लागुऔषधसहित ९ जना पक्राउ

shivam cement
२०८२ फागुन १४ गते १३:२५
Shares
लागुऔषधसहित ९ जना पक्राउ

काठमाडौँः देशका विभिन्न भागबाट लागुपदार्थसहित ९ जना पक्राउ गरेका छन् । 

केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार इलाम, झापा, सुनसरी, नवलपरासीपूर्व र कैलालीबाट उनीहरु बुधबार पक्राउ परेका हुन् ।

अभियुक्तहरुबाट खैरो हेराइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र पाइने औषधिसहित उनीहरु पक्राउ परेका हुन् । 

सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शङ्का लागेर जाँच गर्दा उनीहरुबाट प्रतिबन्धित पदार्थ बरामद् भएका हुन् ।

सम्बन्धित खबर