२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

हुन्डाई फेस्टिभ डिलाइट अफर विजेतालाई कार हस्तान्तरण

ADV
मध्यान्ह
२०८१ साउन १७ गते २१:०३
हुन्डाई फेस्टिभ डिलाइट अफर विजेतालाई कार हस्तान्तरण

काठमाडौं : हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहारको अवसरमा सञ्चालन गरेको ‘हुन्डाई फेस्टिभ डिलाइट–२०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । ३१ असारमा नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा लक्की ड्र मार्फत सुनसरीका इन्द्रप्रसाद गुरागाईं बम्पर उपहार विजेता घोषणा भएको कम्पनीले जनाएको छ ।

बम्पर उपहार विजेता बनेका गुरागाईंलाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई एक्स्टर कार हस्तान्तरण गरेका हुन् । उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडी खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्र्याच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत् एक जना विजेतालाई हुन्डाई एक्स्टर उपहार राखिएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise