
मोरङः स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । मोरङको कटहरी गाउँपालिका–३ बाट स्रोत नखुलेको नगद ४ लाख ६२ हजार ५ सय रूपैयाँसहित जहदा गाउँपालिका–२ बस्ने २४ वर्षीय विशाल टुडुलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्र.१–०२–००२ च ६६१० नम्बर पिकअप गाडी जाँच गर्ने क्रममा चालक विशालको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।