२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हत्या गरेको अभियोगमा एक जना पक्राउ

ADV
मध्यान्ह
२०८१ साउन १८ गते ११:४९
हत्या गरेको अभियोगमा एक जना पक्राउ

मोरङः उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने २१ वर्षीय कुशल दाहालको हत्या गरेको अभियोगमा सोही नगरपालिका–५ बस्ने सुभास तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

सुभासले मंगलबार साँझ आफ्नै कोठामा लाठी, खुकुरी, चुप्पीले प्रहार गर्दा गम्भीर घाइते भएका कुशलको झापा विर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै वारदात पश्चात फरार रहेका सुभासलाई अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले सुन्दर हरैंचा नगरपालिका-४ बलियाबाट पक्राउ गरेको हो ।

उनी उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङबाट-४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise