
कञ्चनपुरः कञ्चनपुरमा ४० वर्षीया महिला बलात्कृत भएकी छन् ।
महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपलिका–१० बस्ने ४७ वर्षीय नरेश गिरी र सोही नगरपालिका–९ बस्ने ४० वर्षीय हिरा नाथलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नरेश र हिराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।