२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

योजना खरिद बिक्री गरेको प्रमाण ल्याउनुस् कारबाही गर्छुः मुख्यमन्त्री सोडारी

ADV
सुनिल आउजी
२०८१ जेठ २५ गते २१:३०
योजना खरिद बिक्री गरेको प्रमाण ल्याउनुस् कारबाही गर्छुः मुख्यमन्त्री सोडारी

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिचौलियामार्फत योजना पारेको प्रमाण पेस गरे बिचौलियालाई कारबाही गर्न तयार रहेको बताएका छन् । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएको सवालको जवाफ दिँदै मुख्यमन्त्री सोडारीले यस्तो बताएका हुन् । 

उनले भने,‘कहिकतै बिचौलियाले योजना पारिहालेको प्रमाणसहित ल्याइराख्नुस्, त्यसलाई त्यही ढंगको कारबाहीको लागि हामी तयार छौँ ।’

बजेट निर्माणको क्रममा योजना पार्न विचौलियाहरू सक्रिय भएको भन्दै प्रतिपक्ष दल र सत्तारुढ दल एमालेले टीकाटिप्पणी गरेपछि मुख्यमन्त्री सोडारीले सो कुरा स्पष्ट पारेका हुन् । यसैबीच मुख्यमन्त्री सोडारीले नीति तथा कार्यक्रममा छुटेका विषयवस्तुलाई आफूले बजेटमा गम्भीरताका साथ समावेश गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रदेश सभामा राजनीतिक घटनाक्रमका कारण अझै पनि खुलेर छलफल गर्ने वातावरण बन्न नसकेको उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise