२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

महिलालाई आत्मनिर्भर बनाउन सिलाइ-कटाइ तालिम

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत ३ गते १५:३४
Shares
महिलालाई आत्मनिर्भर बनाउन सिलाइ-कटाइ तालिम

रौतहट : जिल्लाको ईशनाथ नगरपालिकामा महिलाको आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै सिलाइ–कटाइ तालिम सुरु गरिएको छ । नेपाल-भारत मैत्री संघको आयोजनामा सोमबार आयोजित एक कार्यक्रममार्फत तालिमको औपचारिक उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कौशल्या देवीले महिलाहरू आर्थिक रूपमा सबल नभएसम्म समाजको दिगो विकास सम्भव नहुने बताइन् । उनले सीपमूलक तालिममार्फत महिलालाई आत्मनिर्भर बनाउने पहल समयसापेक्ष रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले घरमै बसेर स्वरोजगार सिर्जना गर्न सहयोग पुग्ने धारणा राखिन् । साथै, नगरपालिकाले आगामी दिनमा महिला उत्थान र सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

आयोजकका अनुसार तालिमलाई प्रभावकारी बनाउन दैनिक दुई सिफ्टमा सञ्चालन गरिनेछ। प्रत्येक सिफ्टमा १० जनाका दरले महिलाहरू सहभागी हुने व्यवस्था मिलाइएको छ । १५ दिनसम्म सञ्चालन हुने तालिममा अनुभवी प्रशिक्षक ममता सिंह र अलाउद्दीन मिया धुनियाले प्रशिक्षण दिनेछन् ।

No description available.

नेपाल-भारत मैत्री संघका अध्यक्ष ग्रिषनन्दन कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तजमुल खाँसहित स्थानीय समाजसेवी तथा सरोकारवालाको उपस्थिति रहेको थियो । अध्यक्ष सिंहले विपन्न तथा पछाडि परेका वर्गका महिलालाई व्यावसायिक सीप प्रदान गर्दै जीवनस्तर उकास्ने लक्ष्यसहित कार्यक्रम ल्याइएको बताए । उनले यस्ता पहलले महिलाको सामाजिक प्रतिष्ठा बढाउनुका साथै नेपाल–भारतबीचको जनस्तरको सम्बन्धलाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

तालिममा सहभागी महिलाहरूलाई सिलाइ–कटाइका आधारभूत सीपसँगै बजारमा माग भएका आधुनिक डिजाइनसम्बन्धी ज्ञान प्रदान गरिनेछ । यसबाट स्थानीय तहमा उद्यमशीलता विकास भई वैदेशिक रोजगारीप्रतिको निर्भरता घट्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर