२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

वन डढेलो व्यवस्थापन सप्ताहव्यापी कार्यक्रम सम्पन्न 

Nada
बिन्द्र राई
२०८२ चैत ७ गते २१:५४
Shares
वन डढेलो व्यवस्थापन सप्ताहव्यापी कार्यक्रम सम्पन्न 

उदयपुर : सुक्खायाममा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि उदयपुरमा वन डढेलो व्यवस्थापन सप्ताह  सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

ncell

चैत १ गतेदेखि जिल्लामा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ वन डढेलो व्यवस्थापनसम्बन्धी सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको  थियो  ।

जिल्ला सदरमुकाममा सचेतनामूलक नारासहित प्रभातफेरीसमेत गरिएको छ । डिभिजन वन कार्यालयको आयोजनामा भएको प्रभातफेरीका सहभागीहरुको हातमा रहेको प्लेकार्डमा वनजंगलमा आगो नलगाऔं, जंगल र जैविक विविधताको संरक्षण गरौं, डढेलो लागेमा प्रहरीलाई खबर गरौंजस्ता विभिन्न सचेतनामूलक नारा थिए ।

डिभिजन वन कार्यालयका बन  अधिकृत  तथा सृचना अधिकारी जागेश्वर शाहले वन क्षेत्रमा लाग्ने डढेलोका कारण जैविक विविधता एव वन सम्पदा नष्ट हुने भएकाले यसको नियन्त्रणमा सबैको हातेमालो जरुरी रहेकाले सचेतनामूलक कार्यक्रम गरिएको बताए । प्रभातफेरीमा  सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी, कार्यालयका प्रमुख, वनसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर