२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भारतविरुद्ध नेपालको ऐतिहासिक जित

ADV
मध्यान्ह
२०८१ साउन १९ गते १७:२३
भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं : काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो ।

नेपालले पहिलो, तेस्रो र पाँचौं सेट जितेर भारतलाई पराजित गरेको हो । पहिलो सेट नेपालले २५–१८ ले सहजै आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटमा भने नेपालको प्रदर्शन फितलो बन्यो । दोस्रो सेट नेपालले १२–२५ ले सहजै गुमाउन पुग्यो ।

तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिदै २५–१७ ले सहजै जित निकाल्यो । तर फेरि चौथो सेट नेपालले १८–२५ ले गुमाउन पुग्यो । प्रतिस्पर्धात्मक र रोमाञचक बनेको निर्णायक तथा पाँचौ सेटमा नेपालले १५–१३ को जित निकाल्यो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise