२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

शोभा त्रिपाठीले ल्याइन् 'सँईले झुक्यायो मज्जैले'

ADV
किस्ना आचार्य रोशनी
२०८१ साउन १९ गते १८:०२
शोभा त्रिपाठीले ल्याइन् 'सँईले झुक्यायो मज्जैले'

काठमाडौं : हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिज पर्वलाई लक्षित गर्दै तिज विशेष गीतहरु सार्वजनिक हुने क्रम जारी रहेको छ ।

विशेषगरी नारीहरुको पर्व मानिने तिजमा एक विवाहित चेली माइत आएको बेला आफूले पराइको घरमा गर्नुपरेका दु:ख या सुखका अनुभूतिहरुलाई गीतको माध्यमबाट आफ्ना साथीसंगी तथा आफ्ना माइतीहरुलाई सुनाउने या आफूलाई मन परेका जोडीहरुले (श्रीमान, श्रीमतीलेसमेत) एक अर्काको प्रशंसा गर्दै आफ्नो मनोभावना व्यक्त गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको छ ।

तिज गीतहरू सार्वजनिक हुने क्रममा गायिका तथा प्रस्तोता शोभा त्रिपाठीले पनि भर्खरै मात्र आफ्नो तिज कोसेली 'सँईले झुक्यायो मज्जैले' बोलको तिज गीत सार्वजनिक गरेकी छ्न् ।

गीतमा शोभालाई नरेश रेग्मीले स्वरमा साथ दिएका छ्न् भने नेत्र अर्यालको लय तथा शब्द सिर्जना रहेको छ । बिक्रम चौहानले गीतको कथा/नृत्य निर्देशन गरेका छन् भने प्रकाश खड्काको छायाँकन रहेको छ । मिलन विश्वकर्माले सम्पादन गरेको गीतको भिडियोमा शोभा त्रिपाठी आफैंले अभिनय गरेकी छ्न् । उनलाई रमेश विश्वकर्माले साथ दिएका छ्न् ।

विगत लामो समयदेखि गायन र अभिनयसँगै कार्यक्रम प्रस्तोता, विभिन्न मेला महोत्सव, सांगीतिक कार्यक्रममा होस्टलगायत विभिन्न माध्यमबाट सांगीतिक यात्रामा निरन्तर सक्रिय रहँदै आएकी शोभाका थुप्रै गीतहरू सांगीतिक बजारमा उपलब्ध छ्न् ।


ADVADV

सम्बन्धित खबर

Advertise