२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

कतारमा भोलिदेखि सबै सरकारी कार्यालय र बैंकहरू खुल्ने

shivam cement
तिलु शर्मा पौडेल
२०८२ चैत ९ गते २२:१३
Shares
कतारमा भोलिदेखि सबै सरकारी कार्यालय र बैंकहरू खुल्ने

दोहा, कतार : कतार सरकारले भोलि मंगलबारदेखि देशका सबै सरकारी निकाय र वित्तीय संस्थाहरूमा भौतिक उपस्थितिमा काम सुचारु गर्ने निर्णय गरेको छ । यसअघि मार्च ८ देखि लागू गरिएको 'रिमोट वर्क' (घरबाट काम गर्ने) व्यवस्थालाई अन्त्य गर्दै सरकारले जनजीवनलाई सामान्य अवस्थामा फर्काउन यो कदम चालेको हो ।

अमेरिका र इजरायलले इरान माथि आक्रमण लगत्तै कतारमा रहेको अमेरिकन बेस क्याम्पमा इरानले आक्रमण गरेसँगै कतार केही समय अशान्त बन्यो । उच्च सुरक्षा सतर्कता तथा यहाँका नागरिकको उच्च सहयोगका कारण कतार पुन सामान्य दैनिकीमा फर्कँदै छ । कतारले सोमबार एक सूचना जारी गर्दै मंगलबारबाट घरबाट नभई कार्यक्षेत्रमै फर्किएर काम गर्ने र अध्ययन अध्यापन गराउने जनाएको छ । कतारको केन्द्रीय बैंकले भोलि मंगलबारबाट सबै बैंक तथा वित्तीय संस्थाहरूले कार्यालयमै उपस्थित भएर कार्य गर्ने जनाएको छ । 

कतार विश्वविद्यालयले पनि भोलिदेखि नै विद्यार्थी, सङ्काय र प्रशासनिक कर्मचारीहरूको भौतिक उपस्थितिमा कक्षा र काम सुरु हुने जानकारी दिएको छ । कतार सरकारले समेत सबै मन्त्रालय, सरकारी निकाय र सार्वजनिक संस्थानका कर्मचारीहरूलाई भोलिदेखि नियमित कार्यालयमै उपस्थित भएर काम सुचारु गर्न निर्देशन दिएको छ ।

सम्बन्धित खबर