२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नबिलले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

ADV
मध्यान्ह
२०८१ जेठ २५ गते २२:११
नबिलले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं : नबिल बैंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो । बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरुप यो अवार्ड दिइएको हो । यो अवार्ड अन्तर्गत १० विधामा दुई सय भन्दा बढी मनोनयन गरिएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको बताए । ‘यो पुरस्कारले डिजिटल रणनीतिमा बैंकको उत्कृष्टता र इनोभेसन प्रतिको समर्पणलाई झल्काउँछ’, सीईओ ढुंगानाले भने । उनले अवार्ड प्राप्तिमा सम्पूर्ण ग्राहक, कर्मचारी, लगानीकर्तालाई श्रेय दिएका छन् । यो अवार्ड जित्नुले बैंक आफैँमा नयाँ बेन्चमार्क तय भएको बैंकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise