२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० महिला पक्राउ

Nada
२०८२ चैत ११ गते १८:१४
Shares
ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० महिला पक्राउ

काठमाडौंः अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने युगाण्डा घर भएकी ३४ वर्षीया नफुना ब्रेन्डासमेत २० जना महिलाहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

ncell

काठमाडौंको ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गरी बाटो हिँड्ने सर्वसाधारण मानिसहरूलाई समेत दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–२६ ठमेल फायरचोकबाट पक्राउ गरेको हो । 

उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर