
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको हो ।
एक महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइएको निगमले जनाएको छ । पछिल्लो समयको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्व घाटा हुने निगमको भनाइ छ ।
भारतबाट आउने पेट्रोलको मूल्यमा प्रति लिटर ७६ र डिजेलमा प्रति लिटर १ सय ४३ वृद्धि भएको छ । तर उपभोक्ताको हितलाई मध्यनजर गर्दै र निगमसँग रहेको मूल्य स्थिरिकरण कोषको समेत उपयोग गरी हाललाई पेट्रोल, डिजल र मट्टितेलमा प्रति लिटर १५ रुपैयाँले वृद्धि गरिएको निगमको भनाइ छ ।