२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

युनाइटेड रेफरेन्स ल्याबोरेटरीमा प्रभुका ग्राहकले छुट पाउने

shivam cement
मध्यान्ह
२०८१ जेठ २५ गते २२:१२
युनाइटेड रेफरेन्स ल्याबोरेटरीमा प्रभुका ग्राहकले छुट पाउने

पोखरा : प्रभु बैंक लिमिटेड र पोखरास्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालीबीच सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त ल्याबोरेटरी स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्वारा परीक्षण गरिने सम्पूर्ण ल्याब सेवा शुल्कमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार ल्याब परीक्षणको सेवा शुल्कमा प्रभु बैंकका ग्राहकहरुलाई २० प्रतिशत र बैंक कर्मचारीलाई २५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

गण्डकी प्रदेशको पहिलो र लोकप्रिय एवं आइएसओ २०१५ प्रमाणित युनाइटेड रेफरेन्स ल्याबोरेटरीले संचालन गरेका मुख्य कार्यालय सभागृहचोक, कास्की हस्पिटलचोक, महेन्द्रपुल, मियापाटन, बाटुलेचौर, चाउथे, बिरौटा, लेकसाइड, शिशुवा, तनहुँको दुलेगौडा, शुक्लागण्डकी, दमौली, लम्जुङको बेशीशहर, स्याङजाको पुतलीबजार, वालिङ लगायत १८ भन्दा बढी ल्याबहरुमा उक्त छुट प्राप्त गर्न सकिने जनाइएको छ ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली.का तर्फबाट अध्यक्ष ठाकुरप्रसाद पन्थ र बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise