२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

गजल

Nada
पुरुषोत्तम रसुवा
२०८२ चैत १४ गते ०६:१०
Shares
गजल

युद्धमा विजय जो पनि चाहन्छ
आफ्नो परिचय जो पनि चाहन्छ

ncell

ठेली मात्र ठुलो भएर हुन्न है
कथामा आशय जो पनि चाहन्छ

नरोज्ला र कसले पाउने भएपछि
शक्ति र समय जो पनि चाहन्छ

धुन आफैं मीठो बनिदिन्छ साथी 
गीतसँग लय जो पनि चाहन्छ

उसै ध्यान किन गर्थे गौतमले
आफूमा निर्भय जो पनि चाहन्छ ।।

ताजा खबर

सम्बन्धित खबर