२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कुमारी बैंक र युएसएआइडीबीच सम्झौता

Nada
२०८१ जेठ २५ गते २२:१३
Shares
कुमारी बैंक र युएसएआइडीबीच सम्झौता

काठमाडौं : कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय  वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआइडीसँग सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत युएसएआइडी ट्रेड एण्ड कम्पिटीभ्नेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योग–व्यवसाय माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ ।

ncell

बैंकले यस कार्यक्रममार्फत् १० हजार नयाँ साना तथा मझौला उद्योग–व्यवसाय लाई ‘बैंकिङ र क्रेडिट रेडी’बनाउन वित्तीय सहयोग गर्ने छ । बैंकले देशभर रहेका तीन सय दुई शाखा सञ्जाल, तीन सय १४ एटीएम, ४९ एक्सटेन्सन काउन्टर र ५९ शाखारहित बैंकिङ इकाईहरुमार्फत् ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर