
काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो ।
जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो । उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।