२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

रवि लामिछानेको मुद्दामा सुनुवाइ जारी, आज निर्णय आउन सक्ने

Nada
२०८२ चैत १५ गते १२:३०
Shares
रवि लामिछानेको मुद्दामा सुनुवाइ जारी, आज निर्णय आउन सक्ने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा आज पुनः सुनुवाइ भइरहेको छ ।

ncell

महान्यायाधिवक्ता कार्यालयले सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गरेको निर्णयविरुद्ध दायर रिटमाथि बहस जारी रहेको हो ।

यसअघि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त विषयमा दुवै पक्षको बहस सम्पन्न भइसकेको छ । अदालत स्रोतका अनुसार अब थप सुनुवाइ आवश्यक नदेखिएकाले आजै निर्णय सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ ।

मुद्दा न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान सम्मिलित इजलासमा विचाराधीन छ ।

सम्बन्धित खबर