२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

नेप्से परिसूचकमा ७१ अंकको गिरावट

Nada
२०८२ चैत १५ गते १६:१७
Shares
नेप्से परिसूचकमा ७१ अंकको गिरावट

काठमाडौं : नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ७१ दशमलव शून्य पाँच अंकले घटेर दुई हजार ८७९ दशमलव ११ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४० प्रतिशतको गिरावट हो ।

ncell

आज ३३३ कम्पनीको तीन करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर एक लाख ९६ हजार १५८ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७ दशमलव ९८ को कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । दुई सय ५५ कम्पनीको शेयर मूल्य घट्दा १० वटाको मात्र बढेको छ ।

रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र रिजलाइन हाईड्रोपावर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव १७ प्रतिशतले घटेको छ ।

ताजा खबर

सम्बन्धित खबर