२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सुदूरपश्चिम श्रमाधान रोजगार मेलाको तयारी पूरा

ADV
सुनिल आउजी
२०८१ जेठ २५ गते २२:१९
सुदूरपश्चिम श्रमाधान रोजगार मेलाको तयारी पूरा

धनगढी : सुदूरपश्चिममा ‘श्रमाधान रोजगार मेला’को तयारी पूरा भएको छ । जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय मेलाको तयारी पूरा भएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघलगायतका सघंसस्थांहरुको संयोजनमा आइतबारदेखि कैलालीको धनगढीस्थित ओम प्यालेसमा मेला आयोजना हुन लागेको हो ।

मेलाको विषयमा जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा श्रम मन्त्रालयका उपसचिव बसन्त बोहराले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकबीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए । ‘मेलाले रोजगारीका अवसरहरु सिर्जना गर्ने, सीप विकास प्रवद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तीकरण गर्ने र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने । 

त्यस्तै नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । रोजगारदाताले आवश्यकताअनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए । 

‘वर्षौंदेखि हामी हरेक कुराका लागि अन्य मुलुक र भारतमा भर पर्नुपर्ने अवस्था छ । तर अबका दिनमा नेपालमा नै गरी खाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न, यहाँको रोजगारीको अवस्था बुझ्न, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको विषयलाई सम्बोधन गर्न मेलाले सहयोग गर्नेमा म विश्वस्त छु,’ उनले भने ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष पाठकले दुई हजारभन्दा बढीलाई रोजगारी अवसर प्रदान गरिने बताए । श्रम कार्यालय कैलालीका कार्यालय प्रमुख जनक सिंखडाले मेलाको तयारी पूरा भएको बताए । हालसम्म मेलामा ३५ वटा निजी क्षेत्रका स्टलहरु रहेका छन् । 

मेलाका लागि ३५ स्टलहरु बुक भइसकेको र थप स्टलहरु बुक हुने क्रममा रहेको उनले बताए । मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । मेलाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise