– ध्रुव अधिकारी
नेपाली राजनीतिले लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेको छ । यो अभ्यासमा डेढ दशक पार गरिसक्दा पनि नेपाली जनताका समस्याहरु सुल्झिनुको सट्टा झन् झन् बल्झेर गएको छ । राजनीतिक दलहरुप्रतिको आस्था घटेर गएको छ । हत्या, हिंसा, भ्रष्टाचार, कुशासन, लुट, महँगी, बेरोजगारी बढेर गएको छ । राजनीतिक अस्थिरता तर्फ उन्मुख छ । देश पराधीनता जस्तो हुँदैछ । बाह्य प्रभावका कारणले आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा ठूलो नकारात्मक प्रभाव परेको छ । जसको कारण आर्थिक संरचनामा ठूलो संकट देखापरेको छ भने राजनीतिक क्षेत्रमा अस्थिरता बेमेल छिनाझपटी, टुट–फुटको अवस्था छ ।
नेपाली राजनीति फोहोरी संसदीय अभ्यासको वरिपरी घुमेको छ । नेपाली राजनीति विगत ३० वर्षदेखि हातका औलामा गन्न सकिने नेतृत्वको वरिपरी नै सीमित छ । राजनीतिक दलले दुई तिहाइको बहुमत जुटाएर शासन गर्दा पनि पार्टीभित्रको गुटको कारण लथालिङ्ग भएको छ । फरक–फरक गन्तव्य र उद्देश्य बोकेका पार्टीहरु सत्ता र स्वार्थको निम्ति मिति तोकेर राज्य सञ्चालन गरी अकुत सम्पत्ति कमाएका छन् । शासकहरु देशमै रोजगारीको सिर्जना नगरी युवालाई पलायन गराई उनीहरुले पठाएको रेमिट्यान्सबाट शासन सत्ता संचालन गरिरहेका छन् । नेपाली राजनीतिमा थुपै्र विकृति र विसङ्गति रहेका छन् । जसलाई नेतृत्वमा रहने व्यक्तिहरुले अहिलेसम्म हल गर्न सकेका छैनन् । बँुदागतरूपमा यसलाई यसरी व्याख्या गर्न सकिन्छ–
बढ्दो भ्रष्टाचार
सरकारले भ्रष्टाचारको कुरा जोडदार उठाए पनि सरकारकै उच्च निकायमा रहने नेतृत्व तथा कर्मचारी संयन्त्रबाटै भ्रष्टाचार हुने गरेको पाइन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य भूमिका अख्तियार दुरुपयोग अुनसन्धान आयोगको हुन्छ तर, अख्तियार प्रमुख तथा अन्य आयुक्त तथा कतिपय कर्मचारीले आफ्नो कर्तव्यबाट बाहिर भएको पनि भ्रष्टाचार बढेको पाइन्छ । मुलुकले लोकतान्त्रिक गणतन्त्रको १५÷१६ वर्षको लामो अभ्यासमा दुई तिहाई नजिकको शक्तिशाली कम्युनिष्ट पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारका विभिन्न काण्डहरुको आयातन भने झन् उत्कृर्षमा पुगेको थियो । यति काण्ड, बालुवाटारको ललिता निवास काण्ड, ३३ किलो सुनकाण्ड, सेक्युरिटी पे्रस खरिद काण्ड, एनसेल करछली प्रकरण काण्ड आदि सबैमा त्यसबेलाका समर्पित दलका नेता कार्यकर्ता संलग्न पाइयो ।
राजनीतिक सिद्धान्त र निष्ठामा ह्रास
आज प्रायः हरेक राजनीतिक दलमा आस्था र निष्ठामा ह्रास आएको छ । राजनीतिक दल धन र बलसँग जोडिएका छन् । दलहरु सिद्धान्त, विधि, पद्धतिअनुसार चलेका छैनन् । हरेक राजनीतिक दलमा आ–आफ्नो गुट हावी छ । हरेक राजनीतिक दलमा आन्तरिक लोकतान्त्रिक पद्धतिको विकासको अभाव छ । दलका नेता तथा कार्यकर्ता जनताको चाहाना र आवश्यकता अनुसार हिडेका छैनन् । कताबाट भ्रष्टाचार गर्न पाइन्छ त्यस कुराको मात्र ध्यान छ ।
बढ्दो परनिर्भरता
हरेक नयाँ बन्ने सरकारले परनिर्भरता कम गर्ने घोषणा गरेपनि परनिर्भरता चुलिँदै गएको छ । पाँच दलीय गठबन्धनको सरकारको पालामा यसले उत्कर्षता पाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा भन्सार विभागको तथ्यांकअनुसार हाम्रो आयातको आकार बढेर १८ खर्ब ६३ खर्ब २२ करोड नाघेको छ । गत वर्ष सोही अवधिमा यो आकार १३ अर्ब ८३ अर्ब थियो । गत वर्षसँग तुलना गर्दा यो आकार ५७.५ प्रतिशत बढी हो । आयात उच्च हुँदा हाम्रो निर्यात भने कमजोर रहेको छ । यो आर्थिक वर्षको ११ महिनामा १ खर्ब ५ अर्ब मात्र निर्यात भएको छ । यसरी हेर्दा हाम्रो व्यापारघाटा ११ महिनामा १५ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ । यो हालसम्मकै उच्च हो । यो वर्षको अन्त्यसम्ममा हाम्रो व्यापारघाटा आगामी आर्थिक वर्षको बजेटलाई छुने देखिन्छ भने कुल आयातले बजेटलाई सजिलै उछिन्ने देखिन्छ । स्वेदशमा उत्पादन गर्न सकिने कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढेको कारण व्यापार घाटा उच्च रहन गएको हो । सरकारको दलाल पुँजीवादी अर्थनीतिको कारणले यस्तो अवस्थाको सिर्जना भएको हो ।
बढ्दो मूल्यवृद्धि
अन्तर्राष्ट्रिय कारण देखाएर सरकारले अचक्ली मूल्यवृद्धि गराएको छ । पेट्रोलियम पदार्थदेखि – बिहान बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुहरुको मूल्यवृद्धिले विपन्न तथा सर्वसाधारण जनताहरु बढी आहात बनेका छन् । अन्तराष्ट्रिय कारणले भन्दा पनि दलाल माफियाहरु र विचौलीयाहरुले कृत्रिम अभाव गराएर मूल्यवृद्धि भइरहेको छ । यस्तो अवस्थामा सरकार भने रमिते बनेर हेरिरहेको छ । राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्यांकमा मूल्यवृद्धि झण्डै ८ प्रतिशतको हाराहारीमा पुगेको तथ्यांक छ । तर, त्यो तथ्यांक भन्दा मूल्यवृद्धि बढी पुगेको हुनुपर्छ ।
दलाल पूँजीवाद हावी
संविधानमा समाजवाद उन्मुख अर्थतन्त्रको घोषणा गरेपनि अहिले मुलुकमा दलाल पुँजीवाद हाबी भएको छ । दलाल पुँजीवाद भनेको आफ्नो देशको श्रम तथा प्राकृतिक सम्पदा विदेशीलाई बेच्ने र उनीहरुले दिएको जुठो परोबाट देश चलाउनु हो । अर्थात् रेमिट्यान्समुखी र आयातमुखी अर्थतन्त्र दलाल पुँजीवादको चरित्र हो । अझ स्पष्ट भाषामा भन्नुपर्दा आफ्नो उद्योगधन्दाहरुलाई कौडीको मूल्यमा बेची युवा निर्यात गरेर उनीहरुको रेमिट्यान्सबाट देश चलाउनु दलाल पुँजीवाद हो । दलाल पुँजीवादले आफ्नो उत्पादनमा जोड दिँदैन । आज हरेक वर्ष ५ लाखभन्दा बढी युवा रोजगारको खोजिमा विदेश पलायन भएका छन् । रोजगारको खोजीमा मात्र होइन उच्च शिक्षा हासिल गर्न समेत विदेश पलायन भएका छन् हाम्रा युवा । पछिल्लो ११ महिनामा १ लाख २ हजार ८ सय ७३ जनाले उच्च शिक्षा हासिल गर्न शिक्षा मन्त्रालयाबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । अध्ययन सकेपछि उनीहरु उतैका नागरिकसमेत हुने गरेका छन् । दलाल पुँजीवादलाई बलियो बनाएर शासकहरु शासन सत्तामा बस्ने योजनामा केन्द्रीत छन् ।
महँगो निर्वाचन प्रणाली
हाम्रो निर्वाचन प्रणाली झन्भन्दा झन् महँगो हुँदै गएको छ । पार्टीबाट टिकट पाउनै करोडौं बुझाउनु पर्ने अवस्था छ भने टिकट पाएपछि पनि जित्न अरु ४÷५ करोड खर्च गर्नुपर्ने अवस्था छ । चुनावमा विजयी हुन ४÷५ करोड खर्च गरेपछि जनप्रतिनिधिको काम जनताको काममा भन्दा निर्वाचनमा जित्नको लागि लगानी गरेको रकम असुल्न पट्टि केन्द्रित हुनुपर्ने अवस्था छ । त्यसकारण अहिलेको निर्वाचन प्रणाली तर्पm बदली पूर्णं समानुपातिक निर्वाचण प्रणाली लागु गर्न सके यो अवस्था आउने थिएन ।
अन्त्यमा, मुलुक अहिले अत्यन्त संकटग्रस्त छ । आम मानिसहरु गरिबीमा धकेलिएका छन् । सीमित मान्छेहरु दिन दुई गुणा रात चौगुणाका दरले धनाढ्य भएका छन् । राष्ट्र ऋण हरेक वर्ष थपिएको छ । अहिलेसम्म हाम्रो राष्ट्र ऋण १८ अर्बभन्दा माथि छ । हाम्रो विकास खर्च विदेशीको अनुदान र ऋणबाट चलेको छ । हाम्रो राजस्वले मुस्किलले चालु खर्चलाई मात्र धानेको छ । व्यापार घाटा हरेक वर्ष बढ्दो छ । चालू आर्थिक वषेको व्यापार घाटाको आयातन हेर्दा हाम्रो बजेटको कूल रकमलाई समेत उछिन्ने देखिन्छ । सरकारले आर्थिक वर्ष सकिन १५ दिन हुन बाँकी हुँदा समेत ४० प्रतिशत पनि पूँजीगत खर्च गर्न सकेको छैन । सरकारको ध्यान विकास निर्माणमा भन्दा मन्त्री फेर्नतिर छ । मन्त्रीहरुको ध्यान कहाँबाट भ्रष्टाचार गर्न सकिन्छ, त्यसमा मात्र केन्द्रित छ । हरेक वर्ष बेरुजु रकम बढ्दो छ । सबै संसदीय दलहरु मिलिभगतमा राज्य दोहन हुन्छ । अनि कसरी हुन्छ मुलुकको समृद्धि र विकास ?
(अधिकारी प्रगतिशील लेखकको रुपमा चिनिन्छन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies