२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

मलेसियामा भिजिट भिजामा काम गरे जरिवानादेखि देश निकालासम्मको कारबाही

Nada
तिलोचन गौतम
२०८३ असोज १३ गते ११:४२
Shares
मलेसियामा भिजिट भिजामा काम गरे जरिवानादेखि देश निकालासम्मको कारबाही

क्वालालम्पुर : मलेसियामा सामाजिक भ्रमण अनुमतिमा बसेर काम गर्ने वा व्यवसाय सञ्चालन गर्ने विदेशी नागरिकमाथि कडा कारबाही हुने भएको छ ।

ncell

मलेसियाका अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया शाबानले सामाजिक भ्रमण अनुमति रोजगारी वा व्यवसाय सञ्चालनका लागि नभएको स्पष्ट पार्दै यस्तो अनुमति लिएर कुनै पनि प्रकारको काम गर्न नपाइने बताएका छन् ।

अध्यागमन नियम उल्लंघन गरी काम वा व्यवसाय गरेको प्रमाणित भएमा एक हजार रिंगेटसम्म जरिवाना, ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ । त्यस्ता विदेशीलाई कालोसूचीमा राखी मलेसियाबाट देश निकाला समेत गरिने जकारियाले बताएका छन् ।

पर्यटकको रूपमा मलेसिया प्रवेश गरी पछि लुकीछिपी काम गर्ने वा व्यवसाय सञ्चालन गर्ने गतिविधि अध्यागमन नियमावली १९६३ को नियम ३९(ख) विपरीत हुने विभागको भनाइ छ ।

यसैबीच, आप्रवासी अधिकारसम्बन्धी संस्था नर्थ साउथ इनिसिएटिभ (एनएसआई)ले भने योग्य विदेशीलाई कानुनी रूपमा साना व्यवसाय सञ्चालन गर्न सक्ने छुट्टै भिसा वा अनुमति व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।

एनएसआईका निर्देशक एड्रियन पेरेराले अवैध गतिविधिलाई दण्डित गर्नुका साथै विदेशीले सञ्चालन गर्ने साना व्यवसायलाई कानुनी दायरामा ल्याएर कर प्रणालीमा समेट्ने र व्यवस्थित गर्ने नीति आवश्यक रहेको बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर