काठमाडौं : स्पोर्ट्स हब नेपाल प्रा.लि.ले आगामी साउनमा प्रथम स्पोर्ट्स हब ओपन ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । कपन लाखेपोखरीस्थित आयोजकको कभर्डहलमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म हुने जानकारी दिइएको छ ।
आयोजकले प्रतियोगितामा विभिन्न ७ विधा समावेश गरिएको जनाएको छ । त्यसमा जसमा सुपर भेट्रान्स ५५ वर्षमाथि, भेट्रान्स ४५ वर्षमाथि, अवकाश प्राप्त (देशी तथा विदेशी) आर्मी र पुलिस, पुरुष डबल्स (शीर्ष २० बाहेक), महिला एकल (शीर्ष २० बाहेक), ब्वाइज यू–१७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानीय स्तरको हुनेछ ।
ब्याडमिन्टन खेलको विकासमा नयाँ पुस्तालाई आकर्षित गर्ने र प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले अण्डर–१७ लाई प्रतियोगितामा समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । महिला खेलाडीहरूको संख्या थोरै हुने आंकलन गरी अण्डर–१७ गर्लको हकमा भने छुट्टै विधा नराखेको आयोजकले बताएको छ ।
करिब १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीलाई ७ हजार ५ सय पुरस्कार राखिएको छ । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेलाई ५ हजार पाउने छन् । अवकाश प्राप्त, महिला एकल, ब्वाइज अण्डर –१७ र सुपर भेट्रान्सको विजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
उक्त प्रतिस्पर्धामा दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ, स्थानीय स्तरको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो स्थानमा आउनेले ४ हजार रुपैयाँ हात पार्ने स्पोर्ट्स हब नेपाल प्रा.लि.ले छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies