२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

विद्युत प्राधिकरणको सञ्चालक समितिबाट आचार्य र पुनलाई हटाइयो

ADV
मध्यान्ह
२०८१ साउन २० गते १५:४०
विद्युत प्राधिकरणको सञ्चालक समितिबाट आचार्य र पुनलाई हटाइयो

काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हो ।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन् ।

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै गत १६ साउनमा दुवै जनालाई मन्त्री खड्काले स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

उनीहरूले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै १८ साउनमा मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।

यसैबीच मन्त्रीले हटाएका सदस्यद्वय आचार्य र पुनलाई सञ्चालक समितिले भने बैठकमा बोलाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशकसमेत रहेका सञ्चालक समितिका सदस्यसचिव कुलमान घिसिङले आइतबार साढे ४ बजे बैठकका लागि पुन र आचार्यलाई पनि बोलाएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise