२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

चर्चा कमाउँदै ‘बजाउ पञ्चेबाजा’

Nada
२०८२ चैत २१ गते २०:०६
Shares
चर्चा कमाउँदै ‘बजाउ पञ्चेबाजा’

काठमाडौं : लोकदोहोरी शैलीमा तयार गरिएको नयाँ गीत ‘बजाउ पञ्चेबाजा’ सार्वजनिक भएसँगै दर्शक–स्रोतामाझ राम्रो चर्चा कमाउन थालेको छ । हिमाञ्चल नेपाली र रौशनी रुचालको स्वरमा सजिएको यस गीतका शब्द कृष्ण कँडेलले लेखेका हुन् ।

ncell

गीतमा अर्जुन पन्तको संगीत तथा निर्देशन रहेको छ भने संगीत संयोजन तेजेन्द्र दुराले गरेका छन् । ध्वनि रेकर्डिङको जिम्मेवारी दिवास थापामगरले सम्हालेका छन् ।

भिडियोमा महेश भुसाल र पूर्णिमा सुनारको अभिनय देख्न सकिन्छ । कमल एलेक्सको छायांकन रहेको भिडियोमा सुवास घिमिरे र निशान एसकेले सम्पादन तथा रङ संयोजन गरेका छन् ।

मौलिक पञ्चेबाजाको धुन र नेपाली सांस्कृतिक झल्को बोकेको गीतले सार्वजनिक भएको छोटो समयमै दर्शकको ध्यान खिच्दै लोकप्रियता बटुल्न थालेको छ ।

सम्बन्धित खबर