२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

काठमाडौं-तराई द्रुतमार्गको धेद्रे सुरुङको ब्रेक थ्रु

ADV
मध्यान्ह
२०८१ साउन २१ गते १२:१९
काठमाडौं-तराई द्रुतमार्गको धेद्रे सुरुङको ब्रेक थ्रु

काठमाडौं : निर्माणाधीन काठमाडौं-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विस्फोटक पदार्थको स्विच थिचेर ब्रेक थ्रु गरेका हुन् ।

धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने खण्डको गत जेठमा ब्रेक थ्रु भएको थियो । जसको दुरी १.६५ किमि छ । 

यही सुरुङको काठमाडौंबाट निजगढतर्फ निस्कने १.७२८ किमि दुरीको सुरुङ खनिएसँगै यसको ब्रेक थ्रु भएको हो ।

मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै पोलि छङ्गदा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ ।

कुल ७०.९७७ किलोमिटर लामो द्रुतमार्गमा कुल १०.३०९ किलोमिटर सुरुङमार्ग रहेको छ ।

महादेवटारमा काठमाडौं छिर्ने र काठमाडौंबाट निजगढ जाने २ वटा सुरुङ खनिँदै छ । 

काठमाडौबाट निजगढततर्फ आउने सुरुङ ३ हजार ३ सय ८६ मिटरमध्ये २ हजार २ सय ८८ मिटर खनिसकिएको छ । 

त्यस्तै निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको ३ हजार ३ सय २२ मिटरमध्ये २ हजार २९ मिटर खनिसकिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise