
काठमाडौं : नेपाली कांग्रेसको आधारिकता विवाद मुद्दाको फैसला अहिले केहीबेरमा सुनाइँदै छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बहस भएको थियो । अहिले आदेश लेखिने क्रममा रहेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बताए ।
गगन थापापक्षको तर्फबाट हरिहर दाहाल, सिताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाला, दिनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल, यदुनाथ खनालसहितले बहस गरेका हुन् ।
देउवापक्षबाट रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दी, अरूण पौडेलसहितले बहस गरेका छन् । गगन र देउवा दुवैपक्ष आधिकारिकता पाउनेमा विश्वस्त छन् । गगनका पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता सिताराम केसीले विशेष महाधिवेशनको पक्षमा फैसला आउने दाबी गरे ।