२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

कविता : गम्छा

Nada
जेबी खत्री
२०८३ वैशाख ५ गते ०६:००
Shares
कविता : गम्छा

हामी सानो छँदा 
आमाले हामीलाई
मेलापात जाँदा 
पिठ्युँमा बोकेर
सँगै लिएर जानुहुन्थ्यो 
र शिरको गम्छा झिकेर 
बिछ्याइदिनु हुन्थ्यो ।।

ncell

बारीमा शीतल हेरेर 
हामी हिमालको चिसो 
हावासँगै रम्थ्यौं ।
पहाडको झरनासँगै खेल्थ्यौं ।
तराईको सुन्दर फाँटसँग भुल्थ्यौं ।।

खुसीसँग गीत गाउँदै 
हिमाल, पहाड र तराईको 
खुम्चिएको गम्छा छेउ–कुना 
तानेर मिलाउँथ्यौं ।
आमा दिनभरि काम गर्नुहुन्थ्यो बारीमा
आफ्नै माटोमा सुगन्ध छरेर ।
हामी त्यहीँ निदाउँथ्यौं ।।

पहाडको शीतल छहारीमा 
नीलो आकाश ओढेर ।
हिमालको सिराने लाएर 
पहाडको काखमा 
तराईको सुन्दर फाँटसम्म फैलन्थ्यौं ।।

न बिझायो हामीलाई हिमाल, 
न बिझायो हामीलाई पहाड, 
बिझाएन हामीलाई तराई,
भनेनौं हामीले कहिल्यै 
यो गम्छा हाम्री आमाको हो 
हाम्रो मात्र हो भनेर ।।

ताजा खबर

सम्बन्धित खबर