
तन मन बलियो बनाउनु छ
जितेर जीवन जिउनका लागि
हरखुसी सापट मागे नि हुन्छ
टुटेको मन सिउनका लागि ।।
यति धेरै विश्वास अर्कैको
आफ्नै ठेगान नभएकाका लागि
अलिकति शंका गरिदिए पुग्छ
विश्वासको बाँध फुकाउनेका लागि ।।
जो–कोहीलाई सस्तो लाग्न सक्छ
सम्बन्ध बजारमा किन्न खोज्नेहरूका लागि
दुःखमा पनि व्यर्थ हुन्छ
जीवन जित–हारको हिसाब गर्नेहरूका लागि ।।
के महत्व हुन्छ र खै
वर्षात्को झुटो खेती गर्नेहरूका लागि
अलिकति छेउ कोट्याइदिए हुन्छ
विश्वासको बाँध फुकाउनेका लागि ।।
खेल मैदानमा खेल जिन्दगीको मज्जा बेग्लै हुन्छ
जितेर जीवन जिउनेका लागि
यो धर्ती र आकाश चुमेर हेर
जीवनको उचाइ बन्नका लागि ।।
आफैंभित्र खोजेर हेर भेटिन्छ
स्वच्छ प्रेमको रंग भर्नेका लागि
अलिकति आसा भरोसा दिए नि पुग्छ
विश्वासको सम्बन्ध जोड्नेका लागि ।।