२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

दुई कानुन संशोधन मस्यौदामा सुझाव दिन मन्त्रालयको आह्वान

Nada
२०८३ वैशाख ६ गते १४:२३
Shares
दुई कानुन संशोधन मस्यौदामा सुझाव दिन मन्त्रालयको आह्वान

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा अपांगतासम्बन्धी कानुनहरू परिमार्जन गर्ने तयारीअन्तर्गत तयार पारिएका विधेयक मस्यौदामाथि सार्वजनिक सुझाव माग गरेको छ ।

ncell

मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्ने उद्देश्यले तयार गरिएको विधेयकको प्रारूपबारे चासो राख्ने सबै पक्षलाई राय-प्रतिक्रिया दिन आग्रह गरेको हो ।

जारी सूचना अनुसार प्रस्तावित संशोधनमा कानुनी व्यवस्थालाई थप प्रभावकारी र व्यवहारिक बनाउने प्रावधानहरू समावेश गरिएको जनाइएको छ। मस्यौदामा सरोकार राख्ने व्यक्ति, संस्था तथा विज्ञहरूको सहभागितामार्फत गुणस्तरीय सुझाव संकलन गर्ने उद्देश्यले यसलाई सार्वजनिक गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

इच्छुक सरोकारवालालाई निर्धारित समय सीमाभित्र आफ्ना सुझाव उपलब्ध गराउन अनुरोध गरिएको छ, जसका आधारमा अन्तिम विधेयकलाई परिमार्जन गरिने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर