२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सरकारलाई हर्क साम्पाङको आग्रह- संघीयतासम्बन्धी सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य होस्

Nada
२०८३ वैशाख ६ गते १७:११
Shares
सरकारलाई हर्क साम्पाङको आग्रह- संघीयतासम्बन्धी सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य होस्

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

ncell

आइतबार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले संघीयताको मर्मअनुसार काम नभएको भन्दै त्यस्तो स्थितिको अन्त्य हुनुपर्ने बताएका हुन् ।

उनले मुलुकमा विकास, निर्माणको काम गर्नका लागि कानूनमा तत्काल ठूलो परिवर्तन ल्याउन पनि सरकारलाई आग्रह गर्नुभयो । विकास निर्माणको काम अघि बढाउनका लागि कानुनमा ठुलो परिवर्तन ल्याउन आवश्यक रहेको अध्यक्ष साम्पाङको बुझाइ थियो ।

उनले भौतिक पूर्वाधार मन्त्रालयले गरिरहेको काममा वन मन्त्रालयले रोक्न विरोधाभाष अवस्था विद्यमान रहेकाले त्यसमा सुधार गर्ने काममा सरकारले ढिलाई गर्न नहुने स्पष्ट पारे । 

अध्यक्ष साम्पाङले सरकारले श्रमदान गर्नेहरुलाई आवश्यक स्रोत र साधनको व्यवस्था गर्नुपर्ने पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर