
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवास विभागको नेतृत्व परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको छ ।
पार्टी केन्द्रीय सचिवालयको आज बसेको बैठकले केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई प्रवास विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार यसअघि उक्त विभागको नेतृत्व सम्हाल्दै आएका डीपी अर्याल सभामुख पदमा चयन भएपछि रिक्त रहेको स्थानमा नयाँ जिम्मेवारी तोकिएको हो ।
निर्णयले प्रवासमा रहेका नेपालीसँग पार्टीको सम्पर्क तथा समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको जनाइएको छ ।