
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन् ।
सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्नका लागि सरकारलाई दुई तिहाई मत चाहिए आफ्नो पार्टीले साथ दिने बताएका हुन् ।
मुलुकमा हिन्दु राज्य स्थापना गर्न, राजासहितको प्रजातान्त्रिक शासन व्यवस्थाका लागि सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग माग आफनो पार्टीले साथ दिने नेता शाहीको भनाइ थियो । उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनका लागि आफनो पार्टीले सदैव पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सो अवसरमा पार्टीका प्रवक्ता समेत रहेका नेता शाहीले फरक मत राखेर सबै नेता, कार्यकर्तालाई पनि समेटेर अघि बढ्न पार्टी नेतृत्वको पनि ध्यानाकर्षण गराए ।