
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन् ।
विवादमा मुछिएका गृहमन्त्री गुरुङबारे मंगलबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पदबाट राजीनामा दिँदा उपयुक्त हुने प्रतिक्रिया दिएका हुन् ।
गृहमन्त्रीबारे नयाँ नयाँ लफडाका कुराहरु सुनिने गरेकाले उनले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने आफ्नो सुझाव रहेको अध्यक्ष साम्पाङको भनाइ थियो । उनले गृहमन्त्री गुरुङबारे नयाँ नयाँ प्रश्न उठ्नु राम्रो नभएको पनि पटकपटक बताए ।
अध्यक्ष साम्पाङले भने, ‘त्यो विषय बस्तु त होइन । तर प्रश्न आइहाल्यो । प्रश्नबाट भाग्यो हर्क साम्पाङ भन्ने आउला । उहाँले जहिले जहिले पनि नयाँ नयाँ सुनिराखिन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । अब हप्तामा दुई तीन पटक सुनिन्छ घरी के घरी के ? उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’
अध्यक्ष साम्पाङले सुशासन कायम गर्नेतर्फ केन्द्रित हुन सरकारलाई सचेत पनि गराए ।