२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सदनमा तोडफोड वा अशान्ति गरे क्षतिपूर्ति सांसदबाटै असुल गरिने

Nada
२०८३ वैशाख ८ गते १८:३२
Shares
सदनमा तोडफोड वा अशान्ति गरे क्षतिपूर्ति सांसदबाटै असुल गरिने

काठमाडौँ : प्रतिनिधि सभामा सांसदहरूले ध्वंसात्मक गतिविधि वा भौतिक क्षति पुर्‍याएमा त्यसको क्षतिपूर्ति सम्बन्धित सदस्यबाटै असुल गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

ncell

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको नयाँ मस्यौदामा संसद्को मर्यादा, अनुशासन र कार्य सञ्चालनलाई व्यवस्थित बनाउन सभामुखलाई थप अधिकार प्रदान गर्ने व्यवस्था समावेश गरिएको छ ।

प्रस्तावअनुसार बैठक कक्षमा अशान्ति सिर्जना गर्ने, तोडफोड गर्ने वा कुनै प्रकारको भौतिक क्षति पुर्‍याउने सांसदलाई सभामुखले मर्यादा पालकमार्फत तत्काल बैठक कक्षबाट बाहिर निकाल्न सक्नेछन् ।

त्यस्तै, यस्ता गतिविधिमा संलग्न सदस्यलाई अधिकतम १५ दिनसम्म निलम्बन गर्ने तथा भएको क्षतिको आर्थिक भरपाई गराउने अधिकार सभामुखलाई दिइने व्यवस्था गरिएको छ । निलम्बन अवधिभर सम्बन्धित सांसदलाई प्रतिनिधिसभा तथा संसदीय समितिका कुनै पनि बैठकमा सहभागी हुन नपाउने उल्लेख छ ।

निलम्बन वा कारबाहीबारेको जानकारी संसद् सचिवालयमार्फत सम्बन्धित समिति र संसदीय दललाई जानकारी गराइने व्यवस्था पनि प्रस्तावमा समेटिएको छ ।

यसैगरी, बैठक सकिएपछि पनि कुनै सांसदले अनुशासन उल्लंघन वा ध्वंसात्मक गतिविधि गरेको प्रमाणित भएमा पछि पनि कारबाही गर्न सकिने प्रावधान राखिएको छ । तर त्यस्तो कारबाही अघि सम्बन्धित सदस्यलाई आफ्नो पक्ष प्रस्तुत गर्ने अवसर अनिवार्य रूपमा दिइनुपर्ने व्यवस्था पनि मस्यौदामा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर