२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

प्रलोपासँगको आफ्नो सबै प्रकारको औपचारिक आबद्धता समाप्त भएको सुदन किरातीको घोषणा

Nada
२०८३ वैशाख ९ गते १२:१७
Shares
प्रलोपासँगको आफ्नो सबै प्रकारको औपचारिक आबद्धता समाप्त भएको सुदन किरातीको घोषणा

काठमाडौँ : पूर्वमन्त्री सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो सबै प्रकारको औपचारिक आबद्धता समाप्त भएको घोषणा गरेका छन् । यससँगै उनले पार्टीको साधारण सदस्यता समेत नरहने स्पष्ट निर्णय सार्वजनिक गरेका छन् ।

ncell

यसअघि उनी पार्टीको अध्यक्ष परिषद् सदस्य पदबाट राजीनामा दिइसकेका थिए। करिब पाँच महिनाको राजनीतिक संलग्नतापछि पार्टीसँगको यात्रालाई औपचारिक रूपमा अन्त्य गर्ने निष्कर्षमा पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

किरातीले उक्त अवधिमा सहकार्य गर्ने नेतृत्व तहका व्यक्तिहरू तथा सहकर्मीहरूप्रति आभार व्यक्त गर्दै उक्त अनुभवलाई आफ्नो राजनीतिक जीवनका लागि महत्त्वपूर्ण सिकाइका रूपमा लिएको उल्लेख गरेका छन् ।

पार्टीगत संरचनाबाट बाहिरिए पनि आपसी सम्मान र सौहार्दपूर्ण सम्बन्ध भने कायम रहने उनको भनाइ छ । साथै, जनताको अपेक्षा र सहिदहरूको योगदानबाट प्रेरित लक्ष्यप्रति आफ्नो प्रतिबद्धता यथावत् रहने उनले स्पष्ट पारेका छन् ।

आफ्नो आगामी राजनीतिक तथा सामाजिक यात्रालाई सहज नहुन सक्ने स्वीकार गर्दै उनले जनविश्वास र सहिदहरूको बलिदानले देखाएको दिशामा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर